होम पेज » खेलकुद » कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचाल्यो

असार २७, २०७८ – भर्खरै सम्पन्न कोपा अमेरिकाको उपाधि २८ वर्ष पछि अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ब्रजिललाई आज सम्पन्न फाइनल खेलमा १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

साविक विजेता ब्राजिललाई घरेलु मैदानमा पाहुना टोली अर्जेन्टिनाले १ गोलले पछि पार्दै उपाधि हात पारेको हो । खेलको २१औँ मिनेटमा अर्जेन्टिनाको तर्फबाट एन्जल डि मारियाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलमा अन्त भएको खेलमा दोश्रो हाफमा कुनै पनि तफैबाट गोल हुन सकेन । पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले खेलको दोश्रो हाफमा भने आक्रमक खेल खेलेको थियो तथापी खेलमा फर्कन भने असफल रहयो ।

निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा बल पोसेसन ब्राजिलको पक्षमा रहे पनि ब्रजिलले घरेलु मैदानको फाइदा उठाउनु सकेन । खेलमा ब्राजिलले आक्रमक खेल खेल्दै पटक पटक प्रहार गर्दा अर्जेन्टिनी गोलरक्षक एमिलिआनो मार्टिनेजले सुन्दर बचाउ गर्दै ब्राजिललाई विजेता हुनबाट बन्देज लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु