होम पेज » खेलकुद » लेजेण्ड फुटबलर लियोनेल मेसी पुनः बार्सिलोनामै अनुबन्धित

आफ्नो पारिश्रमिकको ५० प्रतिशत कतौतीमा पनि उनले सम्झौता नवीकरण गरे

असार ३१, २०७८ – अर्जेन्टिनी स्ट्राइकर तथा राष्ट्रिय टोलीका कप्तान लियोनेल मेसीले बार्सिलोना फुटबल क्लवसँग ५ वर्षको सम्झौता नविकरण गर्न तयार भएका छन ।

गत जुन ३० तारिखमा औपचारिक रुपमा बार्सिलोनासँगको सम्झौता सकिएसँगै बार्सिलोनाका लेजेण्ड मेसीलाई संसारकै प्रतिष्ठित विभिन्न क्लवहरुबाट प्रस्ताव आएको थियो । तर मेसीले भने बार्सिलोनामै सम्झौता नविकरण गर्ने सहमति भएको सुचना सार्वजानिक भएको छ । बार्सिलोनासँगको सम्झौता अन्त्य हुनु भन्दा अगाडी मेसी संसारकै सर्वाधिक पारिश्रमिक लिने खेलाडीको सूचीमा अग्र स्थानमा रहेका थिए । हाल बार्सिलोनाको आर्थिक स्थिति खच्किएको अवस्थामा उनले ५० प्रतिशत पारिश्रमिक कटौती गर्दै नयाँ सम्झौता नवीकरण गर्न तयार भएको खबर सार्वजानिक भएको छ ।

आफ्नो फुटबल जीवनकै पहिलो पल्ट भर्खरै आफ्नो पहिलो अन्तराष्ट्रिय उपाधि उचालेका मेसीको बार्सिलोनासँगको सम्बन्ध नङ र मासुको जस्तै छ । बार्सिंलोना क्लबको प्राय बनिसकेका मेसीले यसै पल्ट सम्पन्न महादेशिय स्तरको प्रतियोगीता कोपा अमेरिकाको उपाधि २८ वर्ष पछि अर्जेन्टिनालाई दिलाएसँगै अर्जेन्टिनाका लागी पनि प्राय बनेका छन । यस सिजनमा मेसीसँग बार्सिलोनामा सर्जियो अगुवेरो, मेम्फिस डिपाए र एरिक गार्सिया लगायतका स्टार खेलाडि देखा पर्नेछन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु