होम पेज » बिज्ञान/प्रबिधि » धरानमा दाहुवा प्रविधि कम्पनीको उत्पादनको प्रोमोशनल मिट सम्पन्न, यो प्रविधिले सुरक्ष व्यवस्थामा टेवा पुर्याउने विश्वास

असोज १५, २०७८ – चिनिया कम्पनी दाहुवा टेक्नोलोजी कम्पनीले उत्पादन गरेको विभिन्न एसेसोरिजको प्रोमोशनल मिट आज धरानमा सम्पन्न भएको छ ।

धरानका लागी विक्रेता हाइ टेक कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स र जिग्बी टेक सोलुशन प्रा.लिको संयुक्त आयोजनामा धरान ८ स्थित बराहको कम्प्लेक्समा कार्यक्रम सम्पन्न भएको हो । नेपालको लागी आधिकारिक बिक्रेता टेक वल्र्ड डिस्ट्रीबुशन प्रा.लि. को सहकार्यमा भएको कार्यक्रममा हाई टेक कम्प्युटरका संस्थापक मिलन खड्काले कार्यक्रमको बारेमा प्रकास पारेका थिए । दाहुवा कम्पनी अन्तराष्ट्रिय स्तरमा स्थापित ब्राण्ड भएकोले नेपालको सबै जिल्लामा यसको सेवा सुविधा विस्तार भैसकेको उनले जानकारि गराए । उनले भने दाहुवा विश्वको टप दोश्रोमा र एशियाको पहिलो स्थानमा रहको कम्पनी हो र यसले विषेश गरेर सुरक्षा व्यवस्थालाई अझ भरपर्दो सहापता दिने बताए । सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने भएकाले हामि पनि जिम्मेवार भएर लागी गरेको उनले बताए । यसका साथै टेक वल्र्ड कम्पनीका मेनेजर राज कुमार घलेले दाहुवा सेक्युरिटिको बारेका चर्चापरिचर्चा गरेका थिए ।

दाहुवा कम्पनीले विशेष गरेर सिसिटिभि उत्पानद गर्दै आएता पनि अन्य प्राविधिक उपकरणहरु पनि उत्पादन गर्दै आएको चाइनिज प्रविधि कम्पनी हो । दाहुवाले सिसिटिभि मात्र विभिन्न किसीमका उत्पादन गर्दै आएको छ । स्थान र अवस्था अनुसार ती किसिमका सिसिटिभि प्रयोग गर्न सकिने टेक वल्र्डका सेल्स एण्ड हेड अर्विना सुवेदीले बताइन । दाहुवाले यस्तै, एनभिआर र एक्सभिआर, एक्सेस कन्ट्रोल, एटेन्डेन्स मेसिन, हार्ड ड्राइभ, एसएसडि, मनिटर, केवल, भिडियो इन्टरकम, मेटल डिटेक्टरलगायतको जानकारी दिदै काम र प्रभावकारीताबारे पनि सुवेदीले प्रष्ट्याएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले परिवर्तित समाज प्रविधिसँग जोडिनु आवश्यक रहेको बताए । उनले प्रविधिको कारणले नै अहिलेको समाज परिवर्तनशील बनेको बताए । यदि प्रविधिसँग नजोडिने हो भने समाज यथास्थितिमा रहने र समाज परिवर्तनको लागी प्रविधिको अत्यावश्यक रहेको उनले बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै दाहुवा कम्पनी धरानमा आउनु धरानको सुरक्षा व्यवस्था अझ बलियो हुने कुरामा विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट