होम पेज » बिज्ञान/प्रबिधि » विण्डोज ११ का नयाँ शर्टकट की यस्ता छन्

आश्विन ३१, २०७८ – प्रविधि जगतमा विकसित प्रविधिलाईलाई अघि बढाउने क्रममा माइक्रोसफ्ट कम्पनीले विण्डोज ११ अपरेटिङ सिस्टम सार्वजानिक गरिसेको छ । केहि साता अघि मात्र सार्वजानिक गरेको यो सिस्टममा प्रयोगकर्ताले धेरै नयाँ फिचर पाउन कम्पनीले दावि गरेको छ ।

नयाँ फिचर सहित सार्वजानिक गरिएको यो विण्डोज ११ मा ती नयाँ फिचर प्रयोगको लागी नयाँ शर्टकट कि पनि थपिएका छन । सो शर्टकट किको प्रयोगले प्रयोगकर्ताको समय बचत हुने र स्मार्ट तरिकाले यो अपरेटिङ सिस्टम चलाउन सकिनेछ । माइक्रोसफ्ट कम्पनीले सार्वजानिक गरेको शर्टकट कि यस्ता छन् ।

विण्डोज की र डब्ल्यू (windows+W)

विण्डोज ११ का प्रयोगकर्ताले मौसमसहित विभिन्न समाचार हेर्नको लागि कुनै ब्राउजर खोलिरहनु पर्दैन । विण्डोज की र डब्ल्यू थिचेमा प्रयोगकर्ताले मौसम सम्बन्धि जानकारीसहित विश्वभरका पछिल्ला समाचारहरु थाहा पाउँन सक्छन् ।

विण्डोज की र एन (Windows+N)

विण्डोज ११ अपरेटिª सिस्टम प्रयोगकर्ताहरुले कम्युटरमा भएका नोटिफिकेसनहरु हेर्न विण्डोज की र एन थिचे पुग्छ ।

विण्डोज की र ए (Windows+A)

यस सिस्टममा विण्डोज की र ए थिच्दा प्रयोगकर्ताले विण्डोज ११ मा वाईफाई, ब्लुतुथजस्तो अप्सनमा जान सक्छन् । यसले कम्युटरको सेटिङ अप्सनमा पुर्याउँछ ।

विण्डोज की र जेड (Windows+z)

विण्डाेज ११ सिस्टममा विण्डोज की र जेड थिच्दा प्रयोगकर्ता विन्डोजको लेआउट अप्सनमा पुग्छन् । जसले लेआउट कस्तो बनाउने भनेर छनोटको सुविधा दिन्छ ।

विण्डोज की र सी (Windows+C)

यस सिस्टममा माइक्रोसफ्टको टिम्स इनबिल्ट छ । विण्डोज की र सी थिचेर प्रयोगकर्ता सिंधै माइक्रोसफ्ट टिम्सको च्याटमा पुग्न सक्छन् ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट