होम पेज » बिज्ञान/प्रबिधि » टिकटकमा अब १० मिनेटको भिडियो अपलोड गर्न मिल्ने नयाँ फिचर आयो

फागुन १८, २०७८ – विश्वमा सर्वाधिक डाउनलोड हुनेमध्ये चिनियाँ भिडियो एप पछिल्लो समय नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर समुहका मानिसले रुचाएको पाइन्छ । यो एप सर्वसाधरण देखि नेपालका ठुलठुला राजनीतिज्ञसम्मले चलाउँदै आएका छन ।

एक दमै थोरै समयसम्मको भिडियो अपलोड गर्न मिल्ने यस एपमा अब १० मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने टिकटकले सुविधा उपलब्ध गराएको छ । टिकटकले गरेको यो निर्णयलाई लिएर विश्वभरका प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेको देखिन्छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिकटकका प्रवक्ताले १० मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने जानकारि गराएका छन । यो नयाँ फिचर हो, यसको सुरुवात गर्न पाउँदा आफुहरु निकै खुशी र उत्साहित भएको सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने । यो फिचरले विश्वभरका सर्जकहरुलाई थप रचनात्मक बन्न भुमिका खेल्ने विश्वास लिएको प्रवक्ताले बताएका छन ।

टिकटकले सुरुवाती क्षणमा १५ सेकेण्डको मात्र भिडियो अपलोड गर्न मिल्थ्यो । यसपछि प्रयोगकर्ताको माँगलाई मध्यनजर राख्दै १ मिनेट हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने सुविधा थियो । अन्य भिडियो सेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्ने रणनितिले टिकटकले भिडियो अवधिको दायरा बढाएको प्रवक्ताले जानकारि दिएका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु