होम पेज » बिज्ञान/प्रबिधि » ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने

फाल्गुन १४, २०७७ – ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेको छ ।

यो प्रणालीले उत्पीडन गर्ने अकाउन्टहरुलाई आफै डिटेक्ट गरेर ब्लक गरिदिने छ । कम्पनीले सेयर गरेको स्क्रीन सटको अनुसार प्रयोगकर्ताले अब देखि सेफ्टी मोडको टगल अन गर्न सक्नेछन् ।

त्यसपछि ट्वीटरले स्वत रुपमा नराम्रो शब्द तथा अभद्र भाषा प्रयोग गर्ने अकाउन्टलाई म्यूट गरिदिनेछ भने ट्वीटरको नियम पालना नगरेको अकाउन्टहरुलाई ब्लक पनि गरिदिनेछ ।

यो फिचरले उत्पीडन या अभद्र भाषा प्रयोग गर्नेलाई सात दिन सम्म ट्वीट गर्न सक्ने क्षमतामा पनि कमि गरिदिन्छ ।

यो फिचर प्रयोगमा आएको समयमा ट्वीटरले प्रयोगकर्ताहरुलाई नोटिफिकेसन पनि दिनेछ । सेफ्टी मोड कहिले सार्वजनिक हुन्छ भनेर कम्पनीले अहिले सम्म जानकारी दिएको छैन् ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट