होम पेज » बिज्ञान/प्रबिधि » सामाजिक सञ्जाल ट्वीटरले आज देखी पुनः भेरिफिकेशन प्रक्रिया सुरु गर्यो

जेष्ठ १९, २०७८ – विश्व प्रविधि जगतमा चलेको सामाजिक सञ्जाल ट्वीटरले एक साताको लागी बन्द गरेको अकाउण्ट भेरिफिकेशन प्रक्रिया पुनः सुरु गरेको छ । भेरिफिकेशनको प्रक्रिया सुरु गरेको ८ दिनपछि अत्याधिक मात्रामा भेरिफिकेशनको आवेदन परेको भन्दै सो प्रक्रिया अघिल्लो साता बन्द गरेको थियो ।

परेको आवेदनलाई अध्ययन गरी पुनः आवेदन प्रक्रिया सुचारु गर्ने कम्पनीले आजदेखी यो प्रक्रिया खुला गरेको ट्वीटरको आधिकारिक भेरिफाइड पेजमा ट्वीट गर्दै जानकारि दिएको छ । ट्वीटरको अकाउण्ट भेरिफिकेशन प्रक्रियामा जोसुकै सहभागी हुनसक्ने उक्त ट्वीट मार्फत जनाइएको छ ।

ट्वीटरले जोसुकै पनि भेरिफिकेशन प्रक्रियामा सहभागी हुन पाउने भने पनि विषेश गरेर ६ क्याटेगोरीका अकाउण्ट भेरिफाइडको लागी योग्य हुने जनाइएको छ । जसमा सरकारी, कम्पनी, ब्राण्ड, समाचार संस्था, पत्रकार, इन्टरटेन्मेन्ट, गेमिङ, अभियानकर्ता, आयोजक र अन्य प्रभावशाली व्यक्तिहरुलाई उक्त क्याटेगोरीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट