होम पेज » बिज्ञान/प्रबिधि » आइफोन ११ को तुलनामा १२ को प्रयोगकर्ता बढी सक्रिय

सन् २०२१ को पहिलो त्रैमासिकमा आइफोन ११ का प्रयोगकर्ता अघिल्लो वर्षको सोहि अवधिमा आइफोन १२ को प्रयोगकर्ता धेरै देखिएका हुन

जेष्ठ २०,२०७८ – स्मार्ट फोनको विश्व प्रसिद्ध प्रदायक कम्पनी एप्पलको आइफोन ११ को तुलनामा आईफोन १२ को प्रयोगकर्ता धेरै देखिएको छ । एक अध्ययनको अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा आइफोन ११ का प्रयोगकर्ता अघिल्लो वर्षको सोहि अवधिमा आइफोन १२ को प्रयोगकर्ता धेरै देखिएका हुन ।

प्वाइन्टले गरेको अध्ययन अनुसार अघिल्लो वर्षको तुलनामा आइफोन सक्रिय प्रयोगकर्ता २ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । यद्यपी यो काउण्टर प्वाइन्टले अनुमानित प्रतिवेदन तयार पारेको हो । एप्पलले सन् २०१८ देखि नै यस्ता जानकारि सार्वजानिक गर्न बन्द गरेपछि अध्ययनले अनुमानित प्रतिवेदन तयार पारेको हो । यो अवस्थामा काउण्टर प्वाइन्टको अध्ययनले सार्वजानिक गरेको तथ्याङ्क नै आधार मान्ने गरिएको छ ।

प्वाइन्टले सक्रिय प्रयोगकर्ता कति छन भन्ने विषयमा संख्यात्मक हिसाबमा भने उपलब्ध गराएको छैन । तर, सन् २०२० मा १५ प्रतिशत आइफोनको सक्रिय प्रयोगकर्ता रहेकोमा सन् २०२१ मा बढेर १६ प्रतिशत पुगेको अध्ययनले तथ्याङ्क सार्वजानिक गरेको छ । आइफोन १२ को सार्वजानिक भएको सुरुवाती चरणमा मात्र नभएर अछिल्लो समयमा पनि यसको आइफोन ११ को तुलनामा बढी बिक्रि भएको अध्ययनले देखाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट