होम पेज » बिज्ञान/प्रबिधि » युट्युवले मदिरा, जवाजनन्य खेल र राजनीतिकाे विज्ञापनमा प्रतिबन्ध लगायाे

यस किसिमकाे विज्ञापन नदेखिनुको अर्थ युट्युव अझ समावेशी हुनु गुगलकाे भनाइ

असार ०१, २०७८ – अनलाइ भिडियाे सञ्जाल युट्युवले आफ्नो मास्ट हेडको विज्ञापन स्लटमा मदिरा, जुवा जन्य खेल र राजनीति सम्बन्धी विज्ञापनलाई प्रतिबन्ध लाउने भएको छ । सोमबारदेखि लागू हुनेगरी युट्युवले वेबसाइट तथा एपको सिरानीमा त्यस किसिमका विज्ञापन नदेखाउने भएकाे छ ।

गुगलले सार्वजानिक गरेकाे सुचना अनुसार प्रयोगकर्तालाई थप राम्रो अनुभव दिन माथिल्लो स्लटमा देखिने विज्ञापनका प्रकारलाई सीमित गरिएको हाे । प्रयोगकर्ताले युट्युव खोल्दा माथि सुरुमा देखिने स्थान नै मास्ट हेड स्लट हो । यसमा औषधि, मदिरा, राजनीति र जुवाजन्य खेल सम्बन्धी विज्ञापन नदेखिनुको अर्थ युट्युव अझ समावेशी हुनु गुगलकाे भनाइ छ । राजनीतिक विज्ञापन नराख्नुले युट्युवलाई विवादबाट टाढा रहन मद्दत पुर्‍याउने गुगलकाे ठहर छ । उदाहरणको लागि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को चुनावताका उक्त स्लट ३ दिनका लागि खरिद गर्दा युट्युव विवादित बनेको थियो ।

गुगलले सार्वजानिक गरेकाे अनलाइन सुचना

युट्युवको एड सपोर्ट पेजका अनुसार मास्टहेडमा हुने स्लटको विज्ञापनले व्यापक पहुँच र सचेतनाको काम गर्दछ । हालै मात्र नेपाल सरकारले स्थानीय युट्युवरमाथि वानएक्स बेट जस्ता जुवा जन्य खेल सम्बन्धी विज्ञापन गर्न रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु