होम पेज » बिज्ञान/प्रबिधि » विण्डोज ११ नयाँ फिचर यस्ताे छ

असार २४, २०७८ – विश्व प्रविधि जगतमा चर्चित सफ्टवेर प्रदायक कम्पनी माइक्रोसफ्टले हालै मात्र विण्डोज ११ सार्वजानिकको घोषणा गरेको छ । कम्पनीले माइक्रोसफ्ट अफिस एप्समा पनि नयाँ यूआई डिजाइन ल्याएको छ । हाललाई यो एप्सको अनुभव विण्डोज इन्साइडर सदस्य (बेटा टेस्टर) ले मात्र गर्न सक्नेछन ।

माइक्रोसफ्टले जनाए अनुसार सन २०२१ को अन्त्यसम्ममा थप परिस्कृत डिजाइसहित अफिस एप्स आम प्रयोगकर्ताको लागी उपलब्ध गराइने छ । हाल 2108 Build 14301.20004 वा यसपछिका भर्सन चलाउने इन्साइडरका लागि नयाँ युजर इन्टरफेस डिजाइनसहित अफिस एप्स उपलब्ध गराइएको छ ।

नयाँ अफिस एप्स विण्डोज ११ सँगै विण्डोज १० मा पनि चलाउन सकिने माइक्रोसफ्टले जनाएको छ । हाल अफिस इन्साइडरले यी दुवै भर्सनमा यसको अनुभव लिन सक्नेछन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु