होम पेज » पर्यटन » प्रदेश १ मै सबैभन्दा सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन होटल बेसक्याम्प भेडेटारबाट हुने

कार्तिक १६, २०७८ – प्रदेश १ मा नै सबैभन्दा सस्तो दरमा हेलिकप्टरबाट ताप्लेजुङ्ग जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शनका लागि होटल बेस क्याम्पले सेवा दिएको छ ।

माउन्टेन हेलिकप्टर्स प्रा. लि. को हेलिकप्टरबाट पाथिभरा दर्शनका लागी एकजनाको भाडा मात्र २७ हजार रहेको होटल बेसक्याम्पका संचालक अनाम श्रेष्ठले जानकारी गराए । “होटल बेस क्याम्पमा नै अवस्थित हेलिप्याडबाट पाथिभरा दर्शनका लागी उड्न सकिन्छ ।” श्रेष्ठले भने, “एकपटकमा ५ जना सवार हुन सक्ने हेलिमा पाथिभरा दर्शनका लागी एक जनाको २७ हजार रहेको छ भने २ वर्षभन्दा सानो उमेरका बच्चाको लागि कुनैपनि शुल्क लाग्ने छैन ।” ताप्लेजुङको पाथिभरा माताको दर्शनका लागी यो प्रदेश १ कै सबैभन्दा सस्तो दर रहेको उनले दाबी गरे ।

पाथिभरा दर्शन गर्न एक दिन अघि धरान ४ भेडेटार, काम्फेक स्थित होटल बेस क्याम्पमा बस्ने प्याकेज समेत रहेको श्रेष्ठले जनाए । “साधारणतय मन्दिर विहान जाने चलन रहेको छ । हाम्रोबाट विहान ६ बजेबाट पाथिभरा मन्दिरको लागी उडान सुरू हुने गरेको छ । त्यसैले तिर्थालुहरूको सहजताको लागी हामीले एक रात बेस क्याम्पमा आवास, बेलुकिको खाना र दर्शन गरेर आइसकेपछी विहानको खाजा र खानाको सहितको प्याकेज बनाएका छौ । यो प्याकेज समेत प्रदेश १ मै सबैभन्दा सस्तो २९ हजार ५ सय मात्र रहेको छ ।”

बेस क्याम्पमा नै अवस्थित हेलिप्याडबाट २५ मिनेटमा पाथिभरा पुग्न सकिने माउन्टेन हेलिकप्टर्स प्रा. लि. का मार्केटिङ म्यानेजर सन्दिप भण्डारीले जानकारी गराए । “भेडेटारबाट ताप्लेजुङको पाथिभरा पुग्न २५ मिनेट र फर्कन २५ मिनेट लाग्छ । मन्दिर परिसरमा भने ४५ मिनेट देखि १ घण्टा सम्म दर्शनका लागी हेलिकप्टरका यात्रीहरूलाई राखिनेछ । यसरी भेडेटारबाट बढीमा २ घण्टाको समयमा दर्शन गरेर आउन सकिने भण्डारीले बताए ।” यस्तै, ५ जनाको समुहमा मिलेर आएमा हेलिकप्टरबाट अन्य स्थलहरूमा समेत उडान गर्न साथमा मेडिकल रेस्क्युको रुपमा पनि सेवा उपलब्ध हुने भण्डारीले जनाए ।

पाथीभरा दर्शन बाहेक भेडेटारदेखि मुलघाट सम्मको फन टुरको सेवा समेत रहेको संचालक श्रेष्ठले जानकारी गराए । फन टुर गर्न अगाडीको सिटका लागी एक व्यक्तिले ६ हजार र पछाडीको सिटको लागी एक व्यक्तिले ५ हजार ५ सय शुल्क तिर्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट