होम पेज » पर्यटन » प्रदेश १ को मुख्य प्रमुख पर्यटकीय स्थल भेडेटारमा फुड फेस्टिवल सुरु

पुष १६, २०७८ – प्रदेश १ को प्रमुख पर्यटकीय स्थल भेडेटारमा तीन दिने नवौँ फुड फेस्टिवल आजबाट सुरु भएको छ ।

होटल एसोसिएसन अफ भेडेटारले आयोजना गरेको फेस्टिवललाई उद्घाटन प्रदेश नं. १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका हुन । सो उद्घाटन कार्यक्रमलाई होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले अध्यक्षता गरेका थिए । बाह्रैकाल चिसो मौसम रहने धनकुटा र धरानको संगम थलो भेडेटार नेपालको प्रमुख पर्यकीय गन्तव्यमा पर्दछ । अंग्रजी नयाँ वर्षलाई अवसार पारेर आयोजना गरिएको यो फेस्टिवल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यलाई नै मध्यनजरमा राखिएको अध्यक्ष रुम्दालिले बताए । उनका अनुसार भेडेटारमा अधिकांश विदेशी पर्यटकमा भारतीय नागरिक हुन्छन । नयाँ वर्षमा भारतीयहरुको बिदा हुने र यो विषेश दिनलाई मनाउन उनिहरुको गन्तव्य भनेकै भेडेटार रहेकोले उनिहरुको आकर्षणको लागि फुड फेस्टिवल आयोजना गरिएको उनले बताए ।

विषेश गरेर धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यस ठाउँको अझ धेरै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ । यसको लागी अंग्रेजी नयाँ वर्ष २०२२ लाई अवसार पारेर फेस्टिवलको आयोजना गर्नुको मुख्य उद्देश्य रहेको अध्यक्ष रुम्दालिले बताए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि मन्त्री कार्कीले भने प्रदेश १ को पर्यटन विकाशमा भेडेटारको ठुलो योगदान रहेको छ यसको प्रवद्र्धन अझ गर्नु पर्ने बताए । प्रदेश १ को पर्यटन र आर्थिक विकासको लागी भेडेटारको विकासमा सँधै प्रदेश सरकार तयार रहेको बताए ।

तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा भेडेटारका स्थानी जाती समुदायको खाद्य परिकार, स्थानीय अर्गानिक उत्पादन र स्थानीय हस्तकलाका स्टलहरु रहेका छन । यसका साथै अन्य विभिन्न खानपान तथा प्रदर्शनका १५ वटा स्टल रहेका छन । आज फेस्टिवलको उद्घाटन समारोहमा भेडेटारका स्थानी जातीय सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यसका साथै उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट