होम पेज » पर्यटन » भेडेटारमा तिनदिने फुड फेष्टिवल सम्पन्न, भेडेटारकाे पर्यटन विकाशमा ध्यान दिन सरकारलाई आग्रह

पुस १८, २०७८ –

प्रदेश नं. १ कै प्रमुख पर्यटकिय स्थल भेडेटारमा तिनदिने फुड फेस्टिवल आज सम्पन्न भएको छ।
गत शुक्रबार देखि सुरु भएकाे फेस्टिवल अंग्रेजी नयाँ वर्षलाई अवसर पारेर आयोजना गरिएको थियाे । आज आईतबार साे फुड फेष्टिवलको विधिगत रुपमा कार्यक्रमकाे आयाेजना गरि समापन गरिएकाे थियाे । उक्त समापन कार्यक्रममा साँगुरीगढी गाँउपालिका धनकुटाका अध्यक्ष कुमार जंग याक्खा प्रमुख अतिथी रहेका थिए। कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भेडेटारको पर्यटन प्रवर्दनमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउदै यस्ता फेस्टिबलले भेडेटारलाई संसारमाझ चिनाउन मद्दत पुगेको बताए। यसैगरी कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले नेपालको विकास र समृद्धि भनेकै कृषि र पर्यटन भएकाले राज्यले भेडेटारको पर्यटन व्यवसायलाई स्तरोन्नती गर्नसके प्रदेश १ को मात्र नभई देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने समेत बताए।

त्यसै गरेर भेडेटारकाे पर्यटन विकाश गर्न सकेकाे खण्डमा भेडेटारकाे मात्र नभएर मुलुककै आर्थिक उन्नति हुने उनले बताए । स्थानीय सरकारले भेडेटारकाे पर्यटनमा विकाशमा हरदम प्रयास भईरहेता पनि केन्द्रीय सरकार र प्रदेश सरकारले पनि यहाँकाे पर्यटन स्तराेन्नतीकाे ध्यान दिनुपर्ने बताए । हाेटल एशाेसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालिले भने स्थानीय सरकार मात्र हैन संघीय सरकार र प्रदेश सरकारले समेत भेडेटारकाे पर्यटन विकाशमा ध्यान दिनु पर्ने बताए । उनले मुलुककाे आर्थिक उन्नतिमा भेडेटारकाे पर्यटनले केही याेगदान गरेकाे बताउँदै यहाँकाे पर्यटन विकाशमा ध्यान दिन सबै तहका सरकारलाई आग्रह गरेका छन ।

होटल एशोसिएसन भेडेटारका पूर्व अध्यक्ष लिलाराज लावतीले स्वागत मन्तव्य राख्ने क्रममा फेस्टिवलले भेडेटारकाे आर्थिक र पर्यटन विकासमा ठुलाे याेगदान पुर्याएकाे बताए । एशाेसिएनका वर्तमान अध्यक्ष जितेन्द्र रुम्दालीकाे अध्यक्षता समापन गरिएकाे कार्यक्रममा साँगुरीगढि ६ नम्बर वडाका अध्यक्ष याम बहादुर मगर, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजबहादुर श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्धक शौरभ श्रेष्ठ लगायतका अतिथिहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न खेलकुद विधामा विजयी खेलाडीहरुलाई ट्रफी समेत वितरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट