होम पेज » पर्यटन » पौष १६, १७ र १८ गते भेडेटार फुड फेस्टिवल हुने, साँगुरीगढी गाउँपालिकाको पर्यटन विकास स्थानीय सरकारको पहिलो प्रथामिकतामा (भिडियो)

पौष ०९, २०७९ – पुर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने १०औँ फुड फेस्टिवल आयोजनाको तयारी भएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर आयोजना गर्न लागिएको उक्त फेस्टिवल यहि पौष १६,१७ र १८ गते गरि तीन दिन आयोजना हुने भएको छ । आज शनिवार आयोजक होटल एशोसिएशन भेडेटारले एक पत्रकार सम्मेलन गरि यस विषयमा जानकारि गराएको हो । साँगुरिगढी गाउँपालिका वडा नम्बर ६ स्थित भेडेटार चौकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चौकदेखि नमस्ते झरना सिम्सुवासम्म उक्त फेस्टिवल लाग्ने एशोसिएशनकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारि दिइन ।

सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा आयोजकले भने फेस्टिवलले पर्यटन, होटल व्यवसाय, व्यापार। कृषि। साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने छ । विषेश गरेर फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अज्र्ञानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रवद्र्धन हुने समेत कार्यवाहक अध्यक्ष श्रेष्ठले बताइन । फेस्टिवलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्र्स भ्यु टावर, पाथीभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्किस्थित आत्माघर, सुर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतीहासिक साँगुरिगढी, नाम्जेको होम स्टे, डाँडाबजारस्थित ध्वजे डाँडा, ओख्रे भ्यु टावरलगायत स्थलहरु रहने आयोजकले जनाकारि गराएको छ ।

करिव १ करोड २५ लाख बराबरको कारोबार गर्ने लक्ष्य लिइएको यो फेस्टिवलमा अनुमानित २५ देखि ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताइन । करिब १२ सय देखि १३ सय पाहुनालाई आवास दिन सक्ने क्षमता राखेको यो स्थानमा हुने फेस्टिवलले भेडेटार क्षेत्रको आसपासको क्षेत्रको होटल व्यवसायलाई पनि लाभ हुने आयोजकको दावि छ । यसै गरि फेस्टिवल अवधिभर विभिन्न मनोरञ्जनात्मक सांगीतीक कार्यक्रमका साथै साँस्कृतिक झाँकी प्रदर्शन समेत राखिनेछ ।

भेडेटार मुख्य आय पर्यटन, होटल व्यवसाय र कृषि भएकोले यो साँगुरीगढी गाउँपालिकालाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरका अग्रसर रहेको गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दालीले बताए । यो गाउँपालिकामा पर्यटनको निकै सम्भावना देखिएको बताउँदै उनले भने अब यो गाउँपालिकालाई पर्यटकीय सर्किटको रुपमा विकास गर्नुका साथै यस क्षेत्रको रैथाने संस्कृती र उत्पादनलाई प्रवद्र्धन गर्ने स्थानीय सरकार अग्रसर रहनेछ । उनले थपे यो गाउँपालिकालाई पर्यटनको विकास र प्रवद्र्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु